शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेशको नाम ‘मधेस’ भएमात्र राजधानी ‘जनकपुर’ हुन सक्छ : राज्यमन्त्री यादव

शुक्रबार, ०९ पुस २०७८, २२ : ३७
शुक्रबार, ०९ पुस २०७८

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ को नाम मधेस प्रदेश भएमा राजधानी जनकपुरधाम हुने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै राज्यमन्त्री यादवले प्रदेशको नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताए ।

प्रदेशको नाम र स्थायी राजधानी राजनीतिक सवाल रहेको भन्दै उनले प्रदेशको नाम ‘मधेस’ स्वीकार्य हुन नसके राजधानी पनि जनकपुर स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।

उनले प्रदेशको नाम र राजधानी राजनीतिक विषय भएकाले यसलाई इतिहास र धर्मसँग मात्र जोडेर हेर्न नमिल्ने बताए । उनले भने, ‘राजा जनक र माता जानकीसँग जोडेरमात्र बहस गर्ने हो भने कहिल्यै पनि प्रदेशको नाम र स्थायी राजधानी दिन सकिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप