शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपीडी चलाउने

शुक्रबार, ०९ पुस २०७८, २२ : ३३
शुक्रबार, ०९ पुस २०७८

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रित निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । शनिबार (भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपीडी संचालन गर्ने अस्पतालले जानकारी दिएको छ ।

निःशुल्क ओपीडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी संचालन हुनेछ । 

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरूले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । नर्भिकले अस्पतालमा उपलब्ध मृगौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरूमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ । 

नर्भिक अस्पतालमा सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पिसीएनएल तथा अल्ट्रा मिनी पिसीएनएल उपलब्ध छ । यस्तै, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत अस्पतालले भित्र्याएको छ । निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीहरूले माथि उल्लिखित विभिन्न विधिहरूबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउनसक्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप