बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वसन्ध्यामा ‘क्रिसमस डे’ को रौनक, तस्बिरमा हेरौं

शुक्रबार, ०९ पुस २०७८, २२ : २३
शुक्रबार, ०९ पुस २०७८

शनिबार संसारभर क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँदैछन् । नेपालमा पनि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ ।  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा शनिबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । 

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ । 

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको  नेपाल ख्रिष्टियन महासङ्घ दाबी छ । सोही सिलसिलामा क्रिसमस डे को अघिल्लो दिन राजधानीको एजम्सन चर्चमा क्रिसमस पर्व मनाइएको थियो । ती तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप