लुम्बिनी बैंकको १४ औं वार्षिक साधारणसभा : १३.६८ प्रतिशत लाभांश पारित
शुक्रबार, ०९ पुस २०७८, २१ : ५४
लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १३.६८ प्रतिशत लाभांश पारित गरेको छ । ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको बैंकले जानकारी दिएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ नारासाथ देशका ३१ जिल्लामा ७७ शाखा र १७ एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो