शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘कामना सेवा फुट्सल कप २०२१’ उद्घाटन, २४ टीम सहभागी

शुक्रबार, ०९ पुस २०७८, २१ : ४४
शुक्रबार, ०९ पुस २०७८

‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ नारासहित कामना सेवा विकास बैंकले कामना सेवा फुट्सलकप २०२१ उद्घाटन गरेको छ । काठमाडौं महानगरपालिका–४, हाँडीगाउँस्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगिता उद्घाटन गरेका हुन् ।

पहिलो दिन आज (शुक्रबार) लिग चरणका खेल शुरू गरिएको छ । मन्त्री गहतराजले कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि खेलकुदलगायत सबै क्षेत्र प्रभावित भएको र हाल सङ्क्रमणको प्रभाव कम हुँदै जाँदा आयोजित प्रतियोगिताले खेलाडीहरूमा उत्साह जगाएको बताए । प्रतियोगिता आयोजना गरेको उनले बैंकलाई धन्यवाद पनि दिए ।

कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा केटीएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पा, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल, एन्फाका प्रतिनिधि, खेलपाटी डट कमका प्रतिनिधिहरू, सहभागी टिमका खेलाडीहरू लगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवम् बीमा कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूसमेत गरी २४ टिम सहभागी छन् । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कामना सेवा विकास बैंक (हरियो), राष्ट्रिय बीमा संस्थान, सांग्रिला डे.बैंक र कुमारी बैंक, समूह ‘बी’ मा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह ‘सी’ मा नेपाल इन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह ‘डी’ मा बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुङ्गा विकास बैंक, समूह ‘ई’ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् ।

समूह ‘एफ’ मा कामना सेवा विकास बैंक (निलो), माछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न एन्फा फुटबल कमिटीले रेफ्रीहरू उपलब्ध गराउनुका साथै सहजीकरणसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप