शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

शुक्रबार, ०९ पुस २०७८, २० : ५१
शुक्रबार, ०९ पुस २०७८

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराएका छन् ।

यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे नियुक्त भएका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप