राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि ८ मतदानस्थल र १४ मतदान केन्द्र

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त १९ पदका लागि माघ १२ गते हुने निर्वाचनका लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको तयारीबारे जानकारी गराएको हो ।
छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको जनाए ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न पुस १० गतेसम्म निवेदन दिनुपर्ने कार्यक्रम रहेको, पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागू हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री देउवालाई जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान