राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि ८ मतदानस्थल र १४ मतदान केन्द्र
निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त १९ पदका लागि माघ १२ गते हुने निर्वाचनका लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको तयारीबारे जानकारी गराएको हो ।
छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको जनाए ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न पुस १० गतेसम्म निवेदन दिनुपर्ने कार्यक्रम रहेको, पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागू हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री देउवालाई जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण