कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै
![कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै](https://rpcdn.ratopati.com/media/albums/H_1---Photo.jpg_zX6LKoKrau.jpg)
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
इस्टिमेट अनुसार २६ बिरामी चेक जाँच गर्ने कक्ष, माथिल्लो तल्लामा बिरामी भर्ना गर्ने कोठा र तेस्रो तल्लामा अस्पताल प्रशासन र चिकित्सक निवास हुने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले बताए ।
नयाँ बन्ने भवनको तीन तल्ला सम्म एम्बुलेन्स पुराउन सकिने गरी डिजाइन गरिएको ड्रिम डेभलोपर्स प्रालिका आर्किटेक्ट सन्दीप डोटेल बताए । यता नगरपालिकाले भवन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । संघीय सरकारको सहयोगमा बन्ने भवनलाई दुई वर्ष भित्र सम्पन्न गराउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती