अपडेट-अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिएका थिए एसएसपी यादव
शुक्रबार, ०९ पुस २०७८, १६ : ३३
![अपडेट-अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिएका थिए एसएसपी यादव](https://rpcdn.ratopati.com/media/albums/sushil_f1bg2W7JM3.jpg)
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादव भित्रबाट चुकुल लगाइएको अवस्थामा मृत फेला परेका हुन् । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।