अपेक्षाअनुसार मेरो पक्षमा नतिजा आएन, हैसियतअनुसार पार्टीको काम गरिरहन्छुः डा महत
नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले १४ औं महाधिवेशनमा अपेक्षाअनुसार आफ्नो पक्षमा नतिजा नआएको बताएका छन् । उनले आफूले के कारणले हारेँ भन्नेबारे समीक्षा भइरहेको भन्दै पराजित भएपनि हैसियतअनुसार पार्टी र देशका लागि काम गरिरहने बताए ।
महामन्त्री पदमा पराजित उनले शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘नतिजा अपेक्षा अनुसार आएन। त्यसलाई स्वीकार गर्नुपर्छ, गर्छु। म साथीहरूको जितमा खुसी हुन्छु। मेरै हैसियत अनुसार पार्टी र देशका लागि काम गरिरहन्छु।’
उनले अगाडि थपे, ‘मलाई कसले हरायो भन्ने समीक्षा तपाईंहरूले नै गर्नुस्। मेरो हारको समीक्षा पार्टीका साथीहरूले गरिरहनुभएको छ। म केही भन्दिनँ। मैले जहिले पनि पार्टीको मात्र कुरा गरेको छु।’
उनले आफ्नो हारप्रति कसैलाई दोषारोपण नगर्ने पनि बताए । ‘महामन्त्रीमा मात्रै यस्तो नतिजा आएको छ। यसको समीक्षा हुनेछ’, उनले भने, ‘यो अनपेक्षित परिणाम आएकोमा म मात्रै होइन अरूलाई पनि लागेको छ। म काम गर्ने मान्छे हुँ, काममा विश्वास गर्छु। भोलिका दिनमा अझ उत्साहका साथ काम गर्छु। मैले आफूलाई केन्द्रविन्दुमा राखेर काम गरेको छैन, पार्टी हितमा काम गर्छु।’
उनले पराजयले थप ऊर्जा दिएको भन्दै यसको उपयोग गरेर अघि बढ्ने बताए । उनले पार्टीभित्रको गलत प्रवृत्तिबारे निरन्तर बोलिरहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण