शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अवसरवादीहरु गाउँ गाउँमा शिला खोज्दै हिँडेका छन्’

शुक्रबार, ०९ पुस २०७८, १५ : ०१
शुक्रबार, ०९ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।

शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ‘सुनारको सय चोट लोहारको एकै चोट’ भनेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने शक्ति आफुहरुसँगमात्रै रहेको पनि बताए ।  ‘अहिले केही मान्छे गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्, तर सुनारको सय चोट लोहारको एकैचोट भन्ने यो सन्देश दिन चाहान्छु’ प्रचण्डको भनाइ छ ।

उनले केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न चाहिरहेको भन्दै एमालेसँगको एकताकोे चाहाना हुँदाहुँदै पनि विविध शक्ति मिलेर सफल हुन नदिएको बताए । ‘हामी राष्ट्रिय एकताको झण्डा उचो राख्न चाहान्छौँ । केही समयपछि नै स्पस्ट हुनेछ । कि को विजयी हुने हो, को होइन भन्ने कुरा’, प्रचण्डको भनाइ छ । उनले केपी ओलीले अहिले जतिसुकै चर्का कुरा गरेपनि जनताले आगामी निर्वाचनमा हैसियत देखाइदिने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप