गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् । तिनले प्रतिगमनको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर परिवर्तनको रक्षा गर्दै अघि जाने दृढतासाथ अघि बढ्न मोर्चाबन्दी गर्दैछन्’, प्रचण्डको भनाइ छ । उनले गत पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालेको बताए ।
उनले सोही समूहले अझै पनि गणतन्त्रलाई उल्ट्याउने प्रयास गरिरहेको बताए । सो क्रममा प्रचण्डले नेकपा मसाल र आफुहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएकाले पनि मसालसँगको एकता दिगो हुने बताएका हुन् । ‘मूलभूत रुपमा हामी एउटै स्कुलका विद्यार्थी त्यसैले यो एकता दिगो हुनेछ’, प्रचण्डको भनाइ छ । उनले यसअघि एमालेसँग गरेको एकता केपी ओलीले सत्तामा पुग्ने भर्याङको रुपमा प्रयोग गर्दा विश्वासघातको रुपमा पुगेको समेत प्रचण्डले बताए । प्रचण्डले इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तीकारीहरुलाई परास्त गर्न सकिने बताए ।
‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक