सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सकियो चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन

शुक्रबार, ०९ पुस २०७८, १४ : ४०
शुक्रबार, ०९ पुस २०७८

यादव भट्टराईको निर्देशन रहेको गीति चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकिएको छ । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्मको छायाङ्कन बुधबार सकिएको निर्देशक यादव भट्टराइले बताए ।

माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको यो चलचित्रको छायाङ्कन काभ्रेको कुशादेवीमा भएको हो । चलचित्रले महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाएको छ । राजेशको अलवा सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरीको मुख्य अभिनय चलचित्रमा छ । राजेश चलचित्रमा विद्रोहीको भूमिकामा देखिँदैछन् । चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् ।

महिलामाथि हेर्ने पितृसत्तात्मक दृष्टिकोण आजको विकासको युगमा आएर पनि नबदलिएर महिलामाथि हुने नमिठो अत्याचारविरुद्ध गीत निर्माण भएको निर्देशक भट्टराईले बताए । चलचित्रले समाजमा सकारात्मक सन्देश दिने यादवको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप