शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रदेश २ अधिवेशन : पदाधिकारीको मतगणना जारी, संस्थापन पक्षको अग्रता

शुक्रबार, ०९ पुस २०७८, १३ : ५९
शुक्रबार, ०९ पुस २०७८

बिहीबार रातिबाट सुरु भएको काँग्रेस प्रदेश २ निर्वाचनको मतगणना शुक्रबार पनि जारी नै छ । पदाधिकारीहरूको पछिल्लो मतगणना परिणामअनुसार संस्थापन पक्ष नै अगाडि देखिएको छ । संस्थापन पक्षका तर्फवाट प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह ३ सय ७० मत सहित अग्रस्थानमा छन् भने सोही समूहका चन्देश्वरप्रसाद यादव पनि ३ सय २१ मत सहित अग्रस्थानमा छन् ।

संस्थापन इतरका उपसभापति पदका उम्मेदवार विनोदकुमार खनालले २ सय ७६ मत तथा धनलाल ठोकरले २ सय ४७ मत ल्याएका छन् । प्रदेश महामन्त्री पदमा संस्थापन पक्षका उपेन्द्रकुमार यादव ३ सय ५६ मत, बृहस्पति कृष्ण श्रेष्ठले ३ सय ७० मत प्राप्त गरेका छन् ।

त्यस्तै संस्थापन इतरका प्रदेश महामन्त्री पदका उम्मेदवार नरेशकुमार यादवले ३ सय ७ मत तथा हरेशप्रसाद महतोले २ सय ४९ मत प्राप्त गरेका छन् । खुल्ला सहमहामन्त्रीतर्फ संस्थापन पक्षका जयनारायण यादवले ३ सय ७ मत र परशुराम चौधरीले पनि ३ सय ७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सहमहामन्त्रीतर्फ पनि संस्थापन पक्षकै उम्मेदवार अगाडि रहेको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप