आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच एकता हुँदै

शुक्रबार, ०९ पुस २०७८, ११ : ५७
शुक्रबार, ०९ पुस २०७८

 नेकपा (माओवादी केन्द्र) सँग नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको एक समूहबीच एकता हुने भएको छ । शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो । 
शुक्रबार १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा आयोजना गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसाल (सम्पर्क केन्द्र)का नेता लोकेन्द्र लम्सालले संयुक्त रूपमा पार्टी एकताको घोषणा गर्ने बताइएको छ । 
मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप