विश्व इतिहासमा आज : ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौतादेखि इटालीबाट लिबिया स्वतन्त्र भएको दिन
आज २४ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । पस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
इटालीबाट लिबिया स्वतन्त्र
सन् १९५१ को २४ डिसेम्बर अर्थात आजकै दिन लिबिया इटालीबाट स्वतन्त्र भएको थियो । अफ्रिकी देश लिबियालाई सन् १९१२ देखि इटालीले शासन गरेको थियो । स्वतन्त्र भएपछि तत्कालिन राजा इड्रिसको मातहतमा लिबिया संबैधानिक राजतन्त्रात्मक देश बनेको थियो । सन् १९६९ मा तत्कालिन कर्णेल मौमर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो ।
ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता
सन् १९१४ मा क्रिसमस सम्झौता सुरु भएको थियो । प्रथम विश्वयुद्धको पश्चिमी मोर्चामा ब्रिटीश र जर्मनीका सेनाबीच अनौपचारिक र छोटो युद्धविराम भएको थियो, जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ । शान्ति सम्झौताको अवधिमा दुबै पक्षका सेनाहरुले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान प्रदान गरेका थिए । त्यस्तै दुबै पक्षबीच फुटबल खेल आयोजना भएको थियो ।
कुल क्लक्स क्लान स्थापना
सन् १८६५ मा अतिवादी श्वेत सर्बोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना भएको थियो । सेनका वरिष्ठ अधिकारीहरुले न्युयोर्कको पुलास्की गाउँमा स्थापना गरिएको थियो ।
अमेरिकाको मिलट्री एकेडेमीमा दंगा
सन् १८२६ मा अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्किएको थियो । ग्रग म्युटिनी भनिने सो दंगा तस्कर गरिएको ह्विस्कीसँग ठूलो परिणाममा एगनोग (दुध, क्रिम, चिनी र अन्डाबाट बनेको परिकार) लाई सेनाका जवानले सेवन गरेपछि दंगा भड्किएको थियो । क्रिसमसको पूर्वसन्ध्यामा सो दंगा भड्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने