गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
शुक्रबार, ०९ पुस २०७८, ०९ : ३९
गएराति गुल्मीको बिरवासमा मोटरसाइकल दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ । भने, एक जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –४ तानसेन तम्घास सडक खण्डको बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाईकल सोही स्थानमा अनियन्त्रित भई सडकदेखि दुई मिटर तल खस्दा बिरबास बाख्रे बस्ने ३० बर्षीय पदम ढेंगाको मृत्यु भएको हो ।
घटनास्थलमा बेहोस फेला परेका उनको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही मोटरसाइकलको पछाडी सवार सोही स्थानका ३१ बर्षीय धनबहादु ढेंगाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
-
ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने
-
कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’