शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पारिश्रमिकका लागि बाल विकासका शिक्षक र कर्मचारी आन्दोलित

शुक्रबार, ०९ पुस २०७८, ०८ : १५
शुक्रबार, ०९ पुस २०७८

बाल विकासका शिक्षकहरु स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् । बिहिबार जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरु उपमहानगरको अगाडी धर्ना दिएका छन् ।

जनकपुरधाम उपमहानगरा अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत्त बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेको भन्दै बुधबारदेखि आन्दोलित भएका हुन् ।

सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका नदिने भएपछि बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरु धर्ना दिन सुरु गरेका छन् । बाल विकास शिक्षक तथा विद्यालय कर्मचारी संयुक्त संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै धर्ना कार्यक्रम शुक्रवार पनि जारी रहने जनाएका छन् ।

संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत गत साउन महिनादेखि लागू हुनेगरी बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका थिए ।

सरकारको उक्त निर्णयअनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनीयाँ गाउँपालिकालगायत अधिकांश स्थानीय तहले तलब वितरण गरिसकेका छन् । तर जनकपुरधाम उपमहानगरले भने बाल विकास शिक्षक र विद्यालय कर्मचारी प्रति अनुदार देखिएपछि आन्दोलन उत्रिनुपरेको शिक्षिका सञ्जु यादवले बताइन् ।

बाल विकासका शिक्षकले मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सरकारले निर्णय गरेको पारिश्रमिक लागु नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिकी सहसंयोजक यादवले बताइन् ।

उनले लेखापालको मासिक तलव १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरिन् ।

माग पूरा नहुञ्जेलसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएकी छिन् । जनकपुरधाम उपमहानगर भित्रका ५१ वटा सामुदायिक विद्यालयमा १४९ जना बालविकासका शिक्षकहरु कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप