बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय सदस्य दलिततर्फ ९ जना निर्वाचित

बिहीबार, ०८ पुस २०७८, २३ : १४
बिहीबार, ०८ पुस २०७८

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा समावेशी दलित तर्फबाट नौ जना निर्वाचित भएका छन् । खुलातर्फ मानबहादुर नेपाली, प्रकाश स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन् ।

त्यस्तै, महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् ।

खुलातर्फ निर्वाचित स्नेहीबाहेक सबै सभापति शेरबहादुर देउवा समूहका हुन् । स्नेही कोइराला प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप