बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा पाँच किलो चाँदीसहित दुईजना पक्राउ

बिहीबार, ०८ पुस २०७८, २२ : ५१
बिहीबार, ०८ पुस २०७८

रुपन्देहीमा  भारतबाट अवैध रुपमा भित्र्याइएको चाँदीसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल वर्मा पक्राउ परेका हुन् ।  उनीहरुले  ४ लाख ७० हजार ९ सय ८१ रुपैयाँ बराबरको ४ किलो ९ सय ग्राम चाँदी ल्याउँदै गर्दा कोटहीमाई गाउँपालिका–६ दुई मुहानबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए  ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु १९ प ५१५९ नम्बरको मोटरसाइकलमा उनीहरुले भारतबाट अवैध रुपमा चाँदी ल्याएका थिए । त्यस्तै प्रहरीले मायादेवी गाउँपालिका–६ बाट २ सय मिटर काचो कपडा र ६ बोरा चिनी गरी ६ लाख २ हजार ४ सय ८१ बराबरको सामान स्थानीयको रोहबरमा बरामद गरेको छ ।


बरामद गरिएका सामानसहित दुई जनालाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएका प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप