कामना विकास बैंकको आयोजनामा फुटसल कप प्रतियोगिता हुने
‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ मुल नारासहित कामना विकास बैंकले वित्तीय क्षेत्रलाई समेटेर कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय तथा बीमा क्षेत्रका कर्मचारीहरुलाई समेटेर यहीँ पुस ९ र १० गते काठमाडौंमा फुटसल प्रतियोगिता गर्न लागेको हो ।
उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी कुल २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रथाको प्रक्रियाबाटसमूह विभाजन गरिएको बैंकले जनाएको छ ।
बिहीबार पत्रकारसम्मेलन गर्दै बैंकले सो प्रतियोगिता बारे जानकारी दिएको हो । कार्यक्रममा एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो भने उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्ने जानकारी दिएको छ ।
प्रतियोगिता युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि