लक्ष्मी बैंकको २१औं वार्षिक साधारणसभा : ११.५ प्रतिशत लाभांश पारित
बिहीबार, ०८ पुस २०७८, २२ : ३८
लक्ष्मी बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ ।
आर्थिक २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंक वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ । सो आर्थिक वर्षमा एक अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना