शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट

बिहीबार, ०८ पुस २०७८, २२ : २७
बिहीबार, ०८ पुस २०७८

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार बिहान कुटाकुट भएको हो ।

कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरूबीच भनाभन पश्चात झडप भएको थियो । झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

झडपपछि विस्तारित बैठक स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप