श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु
बिहीबार, ०८ पुस २०७८, २१ : ५३
सिरहामा श्रीमतीले हानेको चिर्पट लागेर श्रीमानको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नपा १४ की ३६ वर्षीय श्रीमती हर्कमाया विश्वकर्माले चिर्पट प्रहार गर्दा श्रीमान ४० वर्षीय टेकबहादुरको मृत्यु भएको हो ।
मंगलबजार अपरान्ह श्रीमान श्रीमती दुवैजना मदिराले मातेपछि घरझगडा भएको थियो । चिर्पटले हान्दा घाइते भएका टेकबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
प्रहरीले हर्कमायालाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि राउ स्मारक अस्पतालमा राखिएको जनाएको छ । उनीहरुका एक छोरा, एक छोरी रहेका छन् । विश्वकर्माको ४ जनाको परिवार गाउँमा मजदुरी गरेर बस्दै आएको थियो ।
उनीहरुबीच मदिरा सेवन गरेर प्रायः झगडा हुने गरेको स्थानीयवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या