प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश पारित
जनकपुर । प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश प्रदेशसभा बैठकबाट पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको उपसभामुख उपमा देवले जनाइन् ।
यसअघि प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्वीकार गर्न पेस गरेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।
बैठकमा भएको छलफल क्रममा सत्तारुढ नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले अध्यादेश ल्याउने प्रक्रिया गलत भए पनि विधेयक नै रद्द गर्नुपर्ने आवश्यकता भने नरहेको बताए ।
तर विश्वविद्यालयको नाममा भने उनले आपत्ति जनाए । प्रदेशसभा सदस्य चौधरीले भने, ‘विश्वविद्यालय विश्वभरका व्यक्ति आएर पढ्ने ठाउँ रहेकाले यसमा प्रदेशको टोपी लगाइदिने ? सुन्नु भएको छ यस्तो नाम पनि कहिल्यै ?’
उनले विश्वविद्यालयमा प्रदेश थपेपछि त्यसको महत्व घट्ने पनि बताए ।
प्रमुख प्रतिपक्षी लोसपा नेपालका प्रदेशसभा सदस्य जानकीशरण साहले प्रदेश सरकारले ल्याएको अध्यादेशको विरोध गरे । उनले सामान्य परिस्थितिमा पनि अध्यादेश ल्याउनु खेदजनक रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान