काँग्रेस प्रदेश २ अधिवेशन: मतदान अन्तिम चरणमा
बिहीबार, ०८ पुस २०७८, १८ : ४४
नेपाली काँग्रेसको प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत भइरहेको निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । साढे पाँच बजेसम्म १४ सय मत खसेको हो । प्रदेश निर्वाचन समितिका अरुणकुमार यादवले साढे ५ बजेसम्म १४ सय मत खसेको जानकारी दिए ।
काँग्रेस प्रदेश २ को नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र बिमलेन्द्र निधि– शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
आज बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान करिब साढे ९ बजे देखि शुरु भएको थियो । ३० प्रतिशत मतदाता अझै पनि मतदान गर्न बाँकी रहेको र राति ८ बजेसम्ममा सम्पूर्ण मतदान सम्पन्न हुने प्रदेश निर्वाचन समितिका सदस्य यादवले बताए ।
प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय