आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगः शुक्रबारदेखि छैटौँ चरणको खेल सुरु हुने

बिहीबार, ०८ पुस २०७८, १८ : ३५
बिहीबार, ०८ पुस २०७८

सहिद स्मार ए डिभिजन लिगमा शुक्रबारदेखि छैटौं चरणका खेल हुँदै छन् । पाँचौ चरणको खेल सम्म आइपुग्दा शीर्षताको होड र रेलिगेसन क्षेत्रमा रहेका टोलीबीच भिडन्त रोचक बन्यो । छैठौं चरणको खेलमा भने सबै जसो टोलीले स्पष्ट तीन अंकका साथ खेल्ने बताएका छन् । 

सहिद स्मारक ए डिभिजन लिगमा भोलीबाट छैठौं चरणका खेल हुँदै छन् । पहिलो खेलमा विभागीय टोली एपिएफले पुरानो क्लब न्यूरोड टिम (एनआरटी) को सामना गर्दै छ । दुबै टोलीले खेल अघिको पत्रकार सम्मेलनमा स्पष्ट अंकका लागि प्रतिस्पर्धा गर्ने बताए । दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलबीच खेल हुँदै छैटौं चरणको दोस्रो खेल दशरथ रंगशालामा हुनेछ । यही चरणमा मच्छिन्द्र र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदा दुबै प्रतिष्ठा जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

 यस्तै छैठौं चरणको खेलअन्तर्गत थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदै छ । जुन रोमाञ्चक हुने अनुमान गरिएको छ । आजै भएको पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले थ्रीस्टार सँगको खेल प्रतिष्ठानको खेल भएको भन्दै स्पष्ट अंकका लागि आफ्नो टोली मैदान उत्रिने बताए ।  

पाँचौं चरणमा मच्छिन्द्रले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेका थिए । उता चिरपरिचित प्रतिद्वन्द्वी आर्मी विरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षकका रविन्द्र शिखाकारले बताए ।

शीर्षताको होडमा मनाङ र मच्छिन्द्र नै छन् भने आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । एएफसी यात्रा साँघुरिएको भन्दै उपाधि लक्ष्य बनाएर खेल्ने आर्मीका प्रशिक्षकले पत्रकार सम्मेलनमा बताए । यस्तै अन्य टोलीले पनि शीर्ष टोली र रेलिगशेनमा रहेका टोलीको अन्तर साँघुरो भएको भन्दै जितले वरियतामा सुध्रिने भन्दै स्पष्ट अंकको जोड्ने रणनीतिका साथ मैदान उत्रिने छैठौं चरणको लिग अघिको पत्रकार सम्मेलनमा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप