बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

श्रृजनशील लघुवित्तले ३ लाख ३७ हजार कित्ता आईपीओ जारी गर्दै

बिहीबार, ०८ पुस २०७८, १७ : ४०
बिहीबार, ०८ पुस २०७८

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।  आईपीओ निष्काशनका लागि कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

बिहीबार एक कार्यक्रमका बीच लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ र सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिक्री प्रबन्धकको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

क्यापिटलसँग सम्झौता गर्दै कम्पनीले निकट भविष्यमा नै आईपीओ जारी गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप