पुनर्निर्माण प्राधिकरणको अवधि सकियो, सरकारलाई जिम्मेवारी हस्तान्तरण
भूकम्पपछि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६ वर्षको कार्यकाल सकिएको छ । २०७२ सालको भूकम्पले क्षति गरेका संरचना र प्रभावितलाई छानो दिन गठन गरिएको प्राधिकरणले आफ्नो कार्यकाल पुरा गरेर बिहीबार जिम्मेवारी हस्तान्तरण गरेको छ ।
प्राधिकरणले सिंहदरबारमा औपचारिक कार्यक्रम गरेर गृहमन्त्री बालकृष्ण खाणमार्फत आफ्नो जिम्मेवारी सहरी विकास मन्त्रालय र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । पुनर्निर्माण प्राधिकरणले २०७२ पुस १० बाट काम थालेको थियो ।
गृहमन्त्री बालकृष्ण खाणले प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा महत्वपूर्ण काम गरेको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन कार्यक्रमलाई सम्बोधन गर्दै खाणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको बताए ।
‘६ वर्षे कार्यकालमा भूकम्पले क्षति गरेका संरचना निर्माणमा महत्वपूर्ण कार्य सम्पादन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ,’ खाणले भने– ‘प्राधिकरणको काम यस सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञलाई पनि काम लाग्छ ।’
पुरातात्विक महत्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण भएपनि प्राधिकरणले मन लगाएर पुनर्निर्माण गरेको भन्दै गृहमन्त्री खाणले सरकार र जनताको तर्फबाट प्राधिकरणलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा