प्रदेश २ को नाम प्रस्ताव पेस, स्थायी राजधानीका लागि दुईवटा नाममा छलफल
प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणका लागि प्रस्ताव पेस भएको छ । सत्तारुढ दलभित्रै प्रदेशको नामकरणमा मतभिन्नता देखिएको छ । बिहीबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो ।
सत्तारुढ मध्येका जसपा र माओवादी तथा प्रमुख प्रतिपक्षी लोसपा नेपाल मधेस प्रदेशको पक्षमा छन् भने काँग्रेस मिथिला भोजपुरा प्रदेशको पक्षमा छ । काँग्रेसकै एक जना प्रदेशसभा सदस्यले मध्य मधेस प्रदेश र नेकपा एमालेले जानकी प्रदेश नाम राख्न प्रस्ताव पेस गरेका छन् । प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सत्तारुढ जसपा र माओवादी केन्द्रले ल्याएको मधेस प्रदेशको नाममा समर्थन गरेको छ ।
अर्को सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले जानकी प्रदेश नाम राख्न प्रस्ताव पेस गरेको छ । जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमोद कुमार यादव, काँग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले प्रदेशको नामसम्बन्धी प्रस्ताव पेस गरेका हुन् भने काँग्रेसकै राजेश्वर प्रसाद साहले मध्यमधेश प्रदेश नाम प्रस्ताव पेस गरेका हुन् ।
प्रतिपक्षी नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेस भएन । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धी पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जनाइन् ।
प्रदेशसभा बैठकमा धेरैजसो प्रदेशसभा सदस्यले प्रदेशको स्थायी राजधानी जनकपुर नै हुनुपर्ने बताएका छन् भने केहीले वीरगंजलाई राजधानी बनाउन माग गरेका छन् ।
सुन्दर विश्वकर्मा, अभिराम शर्मा, डा.रिना यादव, सुरिता साह, करिमा बेगम, भिमा रावल, ज्ञानेन्द्रकुमार यादव लगायतकाले स्थायी राजधानी र प्रदेश नामाकरणको सम्बन्धी छलफलमा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण