शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

बिहीबार, ०८ पुस २०७८, १६ : ५३
बिहीबार, ०८ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासन कायम गर्न र मानवअधिकार संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।   

सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्धनको काम गरेको बताएका उनले देशको शासन प्रभावकारी, विना पूर्वाग्राही सञ्चालनमा पनि सरकारी वकिलको योगदान महत्वपूर्ण रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप