मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता

बिहीबार, ०८ पुस २०७८, १६ : ४६
बिहीबार, ०८ पुस २०७८

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तैगरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन् ।

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साइटमा भुक्तानी जस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताएको छ । आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप