‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् ।
‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ । मेरो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’ निवेदकको विषयमा विकास बोर्डमा छलफल भइरहेको बताएकी शिवाकोटीले अझै अगाडि बढ्नुपरे तयार रहेको सुनाइन् ।
अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफुले सामान्य रुपमा लिँदै आएको बताएकी बर्षाले भनिन् ‘पर्सनल कुरोसँग जोडेर गलत समाचार प्रसारण विषयमा म चुप बस्न सक्दिन ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरे । ‘वर्षाले ‘रजतपट’ र प्रकाश सुवेदीविरुद्ध एक उजुरी बोर्डमा दर्ता गराउनु भएको छ’ अध्यक्ष दाहालले भने– ‘त्यस विषयमा छलफल हुन बाँकी रहेको छ ।’ छलफल नभएको बिषय भएकोले त्यस बिषयमा अहिले आफु थप केही नबोल्ने दाहालले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतमा गरेको सङ्घर्ष र त्याग नबिर्सौँ : उपप्रधानमन्त्री सिंह
-
स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा
-
मधेसी एकता समाजले दुबईमा मनायो होली
-
फाइनलअघि ट्रफीसहित कप्तानको फोटो सुट
-
काठमाडौँ आउने तयारीमा मिटर ब्याज पीडित
-
नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड