शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कंगोस्थित मोनुस्को मिसनमा नेपाली सेनाको नयाँ कम्पनी परिचालन

बिहीबार, ०८ पुस २०७८, १६ : ४१
बिहीबार, ०८ पुस २०७८

काठमाडौं । संयुक्त राष्ट्रसंघको मोनुस्को मिसन (कंगो)मा नेपाली सेनाले ‘क्विक रियाक्सन फोर्स कम्पनी’ परिचालन गरेको छ । युएन मिसनको हेडक्वार्टर मातहत रहेर परिचालित हुनका लागी २१० जनाको पहिलो डफ्फा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेना यसअघि नै कंगो मिसनमा खटिएको छ । तर, ‘क्विक रियाक्सन फोर्स कम्पनी’ चाहिँ पहिलोपटक परिचालन गरिएको हो । ८ जना महिला सहित सो डफ्फा पौष ७ मा त्यसतर्फ प्रस्थान गरेको छ । यो सँगै मोनुस्को मिसन कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाको थप एक कम्पनी तैनाथ भएको छ ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा पछिल्लो पटक गएका सैनिकले विशेष तालिम लिएका छन् भने,  अत्याधुनिक हात हतियारबाट सु सज्जित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप