शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बज्र ग्रुप को ‘सोमानी ग्रान्डे’ शोरुम उद्घाटन

बिहीबार, ०८ पुस २०७८, १६ : ४०
बिहीबार, ०८ पुस २०७८

बज्र ग्रुप अन्र्तगतको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले ललितपुरको ढोलाहिटीमा ‘सोमानी ग्रान्डे’ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमानी ब्राण्डका सम्पूर्ण सामाग्री बिक्रीवितरण गर्ने लक्ष्यसहित शोरुम सञ्चालनमा ल्याएको हो ।

सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले एक समारोहकाबीच शोरुम उद्घाटन गरे । सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्छ । उद्योगले उच्च मापदण्ड तय गर्दै सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजमार्फत आफ्नो पदचिह्न विस्तार गर्दैछ ।

कम्पनीले विगत ३० वर्षदेखि बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको छ । स्थापनाकालदेखि आजको दिनसम्म थुप्रै परियोजनाहरुमा नियमित रुपमा सामाग्रीहरुको बिक्री वितरण गर्र्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप