मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कालिकोटका सबै पालिका सडक सञ्जालमा जोडिए

बिहीबार, ०८ पुस २०७८, १६ : २४
बिहीबार, ०८ पुस २०७८

कालीकोट जिल्लाका नौ वटै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । रास्कोट नगरपालिका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्त्री त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र नरहरिनाथ गाउँपालिका सडक सञ्जालले जोडिएको हुन् ।

जिल्लाका नौ स्थानीय तहका ८२ वडामध्ये प्रायः सबै वडामा सडक सञ्जालले जोडिएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले बताइन् । ‘हाम्रो नगरका पनि सबै वडा सडक सञ्चालमा जोडिएका छन्,’ उनले भनिन्, ‘मूल सडक कालोपत्रे हुँदैछ ।’

खाडाचक्र नगरपालिकामा पनि ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया बिष्टले जानकारी दिए । ‘स्थानीय सरकार बनेपछि हामीले सबै वडामा सडक पुर्‍याएका छौं ।’ उनले भने, ‘सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।’ 

यस्तै, तिलागुफा नगरपालिकाका ११ वटै वडा सडक सञ्जालले जोडिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । सान्त्री त्रिवेणी गाउँपालिका नौवटै वडा, पलाँता गाउँपालिकाका नौवटै वडा, पचालझरना गाउँपालिका नौ वटै वडामा सडक सञ्जालले जोडिएका छन् । नरहरिनाथ गाउँपालिकाका नौ वटामध्ये पाँच वटा वडा सडक सञ्जालले जोडिएको र चार वटा वडामा यसै आर्थिक वर्षमा सडक सञ्जालले जोडिसक्ने त्यसका लागि धमाधम काम भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए । 

उनका अनुसार वडा नम्बर ८ र ९ लालु, वडा, १, २ र ३ कोटबाडा–कुमालगाउँ सडकले जोडिएको, वडा नम्बर ४, ५ को रुप्सा र वडा नम्बर ६, ७ को माल्कोटमा सडक सञ्जालमा जोडिन बाँकी रहेको छ ।

शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही वडाबाहेक अन्य वडा सडक सञ्जालले जोडिएको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षमा सबै वडामा सडक पुर्‍याउने लक्ष्य रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप