आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पाँच महिनामा भित्रियो साढे १६ करोडको तास

बिहीबार, ०८ पुस २०७८, १६ : १३
बिहीबार, ०८ पुस २०७८

राष्ट्र बैंकले आयात कडाइ गरेपनि पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी दिएको छ ।

यस अवधिमा ८४ लाख १० हजार पिस तास भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबापत आयातकर्ताले राज्यलाई ८ करोड ६९ लाख रुपैयाँ भन्सार महशुल तिरेका छन् । यद्यपी, राष्ट्र बैंकको नयाँ व्यवस्थाले तास आयात खुम्चिने अनुमान गरिएको छ । बैंकले बढ्दो आयातमा ब्रेक लगाउनलाई उक्त व्यवस्था गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप