मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट

बिहीबार, ०८ पुस २०७८, १६ : ११
बिहीबार, ०८ पुस २०७८

चालु आर्थिक वर्षको मङसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो ।

यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ । चालु आवको मङसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्यात भएको छ । कुल निर्यातको यो ४८ प्रतिशत हिस्सा हो । 

उच्च आयात हुने भन्सार कार्यालयमा वीरगन्जपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन् । यसैगरी निर्यातमा पनि वीरगञ्ज भन्सार कार्यालयपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप