गठबन्धनको सरकार निकम्मा : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका हुन् ।
‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीको दावी छ । उनले त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नयाँ जनादेशको कुरा गर्ने गरेको बताए ।
गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै उनले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप पनि लगाए ।
‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवीतिर लगेको छ’, ओलीको भनाइ छ ।
विकास, सुशासन र सम्मृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेलाई जनताले चिनेको भन्दै उनले एमालेकै पालामा जेष्ठ नागरिकहरुको हेरविचार र सम्मान गर्ने योजनाअनुसार ५१ सालबाट एक सयका दरले जेष्ठ नागरिक भत्ता दिन सुरु गरेर आज मासिक ४ हजार रुपैयाँ घरमै पुग्ने गरेको ओलीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण