बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सुधार : साढे १२ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार

बिहीबार, ०८ पुस २०७८, १५ : ५९
बिहीबार, ०८ पुस २०७८

लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो ।  गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो । 

साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर र फाइनान्स बाहेकका अन्य सबै उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् ।  यसदिन सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३.५६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम हाइड्रोपावर समूहको ०.६७ अंकले ऋणात्मक भएको छ । 

१२ अंक माथिले बढेको बजारमा आज कुल चार अर्ब ४९ करोड दुई लाखको कारोबार भएको छ ।   पछिल्ला तीन दिनयता नेप्सेमा १६० अंक माथिको सुधार आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप