मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार तेस्रो दिन पनि नेप्सेमा सुधार, साढे १२ अंकले बढेको बजारमा साढे चार अर्बको कारोबार

बिहीबार, ०८ पुस २०७८, १५ : ५३
बिहीबार, ०८ पुस २०७८

लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ विन्दुमा उक्लिएको हो । 
गत बुधबार ९२ अंकमाथिले नेप्सेमा वृद्धि आएको थियो । 

साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर र फाइनान्स बाहेकका अन्य सबै उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । ​यसदिन सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३.५६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम हाइड्रोपावर समूहको ०.६७ अंकले ऋणात्मक भएको छ । 

१२ अंकमाथिले बढेको बजारमा आज कुल चार अर्ब ४९ करोड दुई लाखको कारोबार भएको छ ।  पछिल्ला तीन दिनयता नेप्सेमा १६० अंकमाथिको सुधार आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप