लगातार तेस्रो दिन पनि नेप्सेमा सुधार, साढे १२ अंकले बढेको बजारमा साढे चार अर्बको कारोबार
बिहीबार, ०८ पुस २०७८, १५ : ५३
लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ विन्दुमा उक्लिएको हो ।
गत बुधबार ९२ अंकमाथिले नेप्सेमा वृद्धि आएको थियो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर र फाइनान्स बाहेकका अन्य सबै उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । यसदिन सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३.५६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम हाइड्रोपावर समूहको ०.६७ अंकले ऋणात्मक भएको छ ।
१२ अंकमाथिले बढेको बजारमा आज कुल चार अर्ब ४९ करोड दुई लाखको कारोबार भएको छ । पछिल्ला तीन दिनयता नेप्सेमा १६० अंकमाथिको सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण