महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा
सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।
यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । बिहीबार नै हुने एपीएफ र गण्डकी प्रदेशबीचको खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टुंगो लगाउनेछ । एपीएफ र सुदूरपश्चिमको समान चार अंक छ ।
फाप्ला क्रिकेट मैदानमा १४४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रनमा समेटियो । प्रदेश २ कि साना प्रविनले १४ रन तथा विमला मगरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
यसअघि सुदूरपश्चिमले विन्दु रावलको अर्धशतकमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो । विन्दुले अविजित ५० रन जोडिन् । त्यस्तै रुबि पोदारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाए । प्रदेश २ का लागि विमला मगरले दुई विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ