एमाले बाँकेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश
बिहीबार, ०८ पुस २०७८, १४ : २५

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् । धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । उनले भने– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’
शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका थिए । आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टी पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट नवीकरण सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’