पाँच महिनाको वैदेशिक व्यापार : ८ खर्बको आयत, १ खर्बको निर्यात

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब रुपैयाँको आयत गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा उक्त मूल्यको आयत गरेको भन्सार विभागले जानकारी दिएको हो । विभागका अनुसार यो गत वर्षको यहि समयको भन्दा ५४ प्रतिशत बढी हो ।
गत वर्षको पाँच महिनाको अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँको आयत गरेको थियो । यस्तै यो अवधिमा नेपालले १ खर्ब २ अर्ब रुपैयाँको निर्यात गरेको छ । यो अवधिमा भएको निर्यात गत वर्षको यहि अवधिको तुलनामा १०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट जम्मा ५० अर्ब ५ करोड रुपैयाँको निर्यात भएको थियो ।
नेपालको आयात र निर्यात बढ्दा बैदेशिक व्यापार घाटा पनि बढेको छ । यो अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यस्तो व्यापारघाटा गत वर्षको सोही अवधिमा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी