पाँच महिनाको वैदेशिक व्यापार : ८ खर्बको आयत, १ खर्बको निर्यात
चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब रुपैयाँको आयत गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा उक्त मूल्यको आयत गरेको भन्सार विभागले जानकारी दिएको हो । विभागका अनुसार यो गत वर्षको यहि समयको भन्दा ५४ प्रतिशत बढी हो ।
गत वर्षको पाँच महिनाको अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँको आयत गरेको थियो । यस्तै यो अवधिमा नेपालले १ खर्ब २ अर्ब रुपैयाँको निर्यात गरेको छ । यो अवधिमा भएको निर्यात गत वर्षको यहि अवधिको तुलनामा १०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट जम्मा ५० अर्ब ५ करोड रुपैयाँको निर्यात भएको थियो ।
नेपालको आयात र निर्यात बढ्दा बैदेशिक व्यापार घाटा पनि बढेको छ । यो अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यस्तो व्यापारघाटा गत वर्षको सोही अवधिमा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण