बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

बिहीबार, ०८ पुस २०७८, १४ : ०२
बिहीबार, ०८ पुस २०७८

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।

यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना(इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा प्राविधिक समस्या भएको देखाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप