आजदेखि राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक

राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार बिहीबारदेखि प्रदेशस्तरीय विस्तारित बैठक सुुरु हुँदैछ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने १२ पुसमा गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ ।
अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन् । बिहीबार दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा।धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरू सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध