शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजदेखि राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक

बिहीबार, ०८ पुस २०७८, १३ : २२
बिहीबार, ०८ पुस २०७८

राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार बिहीबारदेखि प्रदेशस्तरीय विस्तारित बैठक सुुरु हुँदैछ ।  पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । 

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने १२ पुसमा  गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ । 

अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन् ।  बिहीबार दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा।धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरू सहभागी हुँदैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप