‘चुरीफुरी’ का अभिनेता अभिषेक भन्छन् : ‘डुब्लिकेट भन्दा चित्त दुख्छ’
फिल्म ‘चुरीफुरी’ का अभिनेता हुन् अभिषेक श्रेष्ठ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मबाटै उनले अभिनेताको रुपमा डेब्यु गरेका हुन् । केही म्युजिक भिडियो अभिनयपछि उनलाई फिल्मको अवसर मिलेको हो । डेब्यु फिल्म प्रदर्शनमा आउँदै गर्दा उनी निकै उत्साहित छन् । फिल्मबाट आफु स्थापित हुने उनको दाबी छ । ऋषिराज आचार्यको निर्देशन रहेको ‘चुरीफुरी’ कथा मन परेका कारण आफु जोडिएको उनले बताए ।
अभिषेक केही वर्ष अगाडि अनमोल केसीको डुब्लिकेट भनेर चर्चामा छाएका ब्यक्ति हुन् । सोही कारणले म्युजिक भिडियोदेखि फिल्मसम्म हात पार्न उनी सफल भए । अहिले भने उनी डुब्लिकेट भन्दा चित्त दुख्ने बताउँछन् । ‘प्रत्येक मानिसको आ–आफ्नो पहिचान हुन्छ’ अभिषेकले रातोपाटीसँग भने ‘डुब्लिकेट भनेर नाम जोड्दा चित्त दुख्दो रहेछ ।’
सानैबाट अभिनयप्रति रुचि राख्ने उनी केही युट्युव टेलिभिजनले अनमोलको डुब्लिकेट भनेर समाचार बनाएपछि चर्चामा छाएका थिए । अहिले पनि कतिपयले डुब्लिकेटको रुपमा अन्तवार्ता दिन उनलाई आग्रह गर्दछन् । उनी भने आफ्नो अलग पहिचान भएकोले सोही रुपमा लिन अनुरोध गर्दछन् ।
‘अनमोलको डुब्लिकेट भनेर चिनिने मेरो कुनै इच्छा छैन’ अभिषेकले भने ‘उहाँको त्यस्तो चर्चा र पोजिसन पाउने लक्ष्य भने छ ।’ डुब्लिकेट शब्दले आफुलाई लक्ष्य दिएको उनले सुनाए । अभिषेक फिल्म ‘चुरीफुरी’ आफ्नो लक्ष्यको पहिलो पाइला भएको बताउँछन् । ‘फिल्मको सफलता वा असफलता भनेको त भोलिको कुरा हो । मैले अभिनयमा कुनै कसर राखेको भने छैन’ उनले थपे ।
आरबी मुभिजको ब्यानरमा निर्मित फिल्ममा अभिषेकको अलवा रबिन्द्र झा, सुबोध गौतम, दीपक आचार्य, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ, राजेन्द्र खाती, राजिवजंग बस्नेत, मनिल तामाङ, रश्मी भट्ट, ऋतु आचार्यलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको आजको बयान सकियो
-
बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले स्थलगत भ्रमण गर्ने
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला