सिक्का छपाइका लागि राष्ट्र बैंकले छान्यो ९ अन्तर्राष्ट्रिय कम्पनी
बिहीबार, ०८ पुस २०७८, १२ : ५०
नेपाल राष्ट्र बैंकले क्वाइन (सिक्का मुद्रा) को डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको छ । बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो ।
बैंकका अनुसार प्रारम्भिक छनोट चरणमा चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेसन, मिनिका पोलस्का एस.ए पोल्याड, मिनकोभिना किमिनिका स्टेन्नी पोड्निक स्लोभाकिया, मिन्ट आफ फिनल्यान्ड, रियल कासा डी ला मोनिडा स्पेन, रोयल क्यानडियन मिन्ट क्यानडा, रोयल डुट्थ मिन्ट द नेदरल्यान्ड, सेकुरिटी प्रिन्टिङ एण्ड मिन्टिनिङ्ग कर्पोरेसन आफ इन्डिया लिमिटेड र द रोयल मिन्ट लिमिटेड युनाइटेड किङ्डम छनोटमा परेका छन् ।
अब यी कम्पनीहरुबाट बैंकले अन्तिम नावाली छनोट गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान