आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ : प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामकरण सम्बन्धमा प्रस्ताव पेस हुने

बिहीबार, ०८ पुस २०७८, १२ : ३५
बिहीबार, ०८ पुस २०७८

प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकबाट प्रदेशको नामकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।

त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा पनि छलफल हुने प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । त्यस्तै पछिल्लो बैठकमा पेस भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव पेस गर्ने जनाइएको छ । यता नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन अन्तर्गत मतदान भइरहेकाले प्रदेशसभा बैठक प्रभावित हुने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप